२५ सेप्टेम्बर २०२६
कालो डायरी KAALO DIARY

तथ्य जाँच · जवाफदेहिता · Gen Z को आवाज

ताजा
मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखक र पृथ्वीसुब्बा गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहरकार्की आयोगको सिफारिस अदालतको फैसला होइन — हाम्रो तथ्य जाँच पढ्नुहोस्विवादित नियुक्ति ट्र्याकर: नाता, पार्टी निकटता र प्रक्रियामाथि प्रश्न उठेका नियुक्तिहरू एकै ठाउँमातपाईंसँग प्रमाण छ? कालो डायरीलाई पठाउनुहोस्मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखक र पृथ्वीसुब्बा गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहरकार्की आयोगको सिफारिस अदालतको फैसला होइन — हाम्रो तथ्य जाँच पढ्नुहोस्विवादित नियुक्ति ट्र्याकर: नाता, पार्टी निकटता र प्रक्रियामाथि प्रश्न उठेका नियुक्तिहरू एकै ठाउँमातपाईंसँग प्रमाण छ? कालो डायरीलाई पठाउनुहोस्
तस्बिर थप्न बाँकी
विवादित नियुक्ति ट्र्याकर

कुमार ब्यञ्जनकार

Kumar Byanjankar

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

पदमा बहाल समाचारमा आधारित
निकाय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नियुक्त गर्ने
प्रधानमन्त्री बालेन शाह
मिति
मार्च २०२६
सरकार
बालेन शाह नेतृत्वको सरकार

प्रधानमन्त्री बालेन शाहले कुमार ब्यञ्जनकारलाई आफ्नो प्रमुख सल्लाहकार नियुक्त गरे। नेपालन्यूजका अनुसार ब्यञ्जनकार प्रधानमन्त्री शाहका राजनीतिक गुरु मानिन्छन् र उनी पूर्ववडाध्यक्ष नरसिंह ब्यञ्जनकारका छोरा हुन्। नियुक्ति कुनै प्रतिस्पर्धाबिना प्रत्यक्ष रूपमा गरिएको थियो।

प्रमुख सल्लाहकार जस्ता पद प्रधानमन्त्रीको विश्वासमा नियुक्त हुने राजनीतिक पद हुन्। तर पछि उनका दाजुभाइ–दिदीबहिनी पनि सरकारी पदमा नियुक्त भएपछि (हेर्नुहोस्: सिद्धि ब्यञ्जनकार र सिद्धिलक्ष्मी ब्यञ्जनकार) “योग्यलाई रोजौं” भन्ने वाचामाथि प्रश्न उठ्यो।

सम्बन्धित पक्षको भनाइ

सम्बन्धित पक्षको भनाइ प्राप्त भएमा यहाँ थपिनेछ।

स्रोत तथा प्रमाण

  1. Nepal News — From ‘choose the capable’ to choosing their own: RSP’s anti-nepotism pledge crumbles english.nepalnews.com

प्रमाणको तह: विश्वसनीय सञ्चारमाध्यममा प्रकाशित; कालो डायरीले स्वतन्त्र रूपमा पुष्टि गर्न बाँकी। हाम्रो तथ्य जाँच विधि →

अद्यावधिक: २५ सेप्टेम्बर २०२६

सम्बन्धित

तस्बिर थप्न बाँकी
पदमा बहाल

सिद्धिलक्ष्मी ब्यञ्जनकार

सदस्य, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारकी बहिनी। एउटै परिवारका तीन जना सरकारी पदमा।

जुलाई २०२६ · बालेन शाह नेतृत्वको सरकार
तस्बिर थप्न बाँकी
कारबाही भएको

जुनु श्रेष्ठ

सदस्य, स्वास्थ्य बीमा बोर्ड

तत्कालीन श्रममन्त्री दीपककुमार साहकी श्रीमती। मन्त्रीको प्रभावमा बोर्डमा सक्रिय गराइएको भन्दै रास्वपाले मन्त्रीलाई नै हटायो।

· बालेन शाह नेतृत्वको सरकार
तस्बिर थप्न बाँकी
अवस्था अद्यावधिक गर्न बाँकी

सङ्गीता श्रेष्ठ

प्रधानमन्त्री सचिवालय (सहसचिव स्तर)

प्रधानमन्त्रीका प्रमुख निजी सचिव आदर्शकुमार श्रेष्ठकी श्रीमती; Gen Z फ्रन्टले नातावाद भन्दै विरोध।

१८ सेप्टेम्बर २०२५ · सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
तस्बिर थप्न बाँकी
अवस्था अद्यावधिक गर्न बाँकी

असीम शाह

राजनीतिक सल्लाहकार — संविधान संशोधन बहसपत्र

चलचित्र निर्देशक; कानुन वा संविधानको पृष्ठभूमि नभएका व्यक्तिलाई संविधान संशोधन बहसपत्रको जिम्मा।

मार्च २०२६ · बालेन शाह नेतृत्वको सरकार